किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु। मत्ती १८:२०
एनसीसी यूके द्वारा आयोजित वार्षिक संयुक्त संगति करिब १००० जना भन्दा बढी विश्वासीहरूको सहभागीतामा यो वर्ष अक्स्फोर्ड यूकेमा सफलतापूर्वक सम्पन्न भएको छ । यस संगतिलाई एल्डर अनिलजंग थापाद्वारा संचालन गर्नु भएको थियो भने एनसीसी यूके का पूर्व अध्यक्ष पाष्टर लक्ष्मी लिम्बुले शुरुको प्रार्थना गरेर नर्थ रिजनका क्वाएर समूहलाई दिपेन्द्र लिम्बुको अगुवाईमा एनसीसी यूके को शीर्ष गीत गाएर आराधना संगति शुरू गर्नुभएको थियो ।
एल्डर टंक राईले सबै सहभागि विश्वासीहरुलाई ख्याल राख्दै स्वास्थ्य र सुरक्षा सम्बन्धि केहि महत्वपूर्ण जानकारी दिनुभएको थियो । विश्वासीहरूको संख्या धेरै भएको कारणले एनसीसी यूके व्यवस्थापन समितीले विभिन्न विभागमा प्रशस्त संख्यामा स्वंयसेवकको व्यवस्था पनि गर्नुभएको थियो । स्तुति प्रंशसाद्वारा क्वाएर समूहले उपस्थित विश्वासीहरूलाई परमेश्वरको उपस्थितिमा डोर्याउनु भएको थियो ।
भेटी संकलन पश्चात् एल्डर मेख थापाले भेटीको निम्ति प्रार्थनामा सहयोग गर्नु भएको थियो । यसको लगत्तै एनसीसी यूके का अध्यक्ष पाष्टर जेम्स लिङ्देनले विभिन्न मण्डलीका पाष्टरहरू र अगुवाहरूको सहायताद्वारा प्रभुभोज दिनुभएको थियो ।
वचनको निम्ति पाष्टर साइमन सुनुवारले प्रार्थना गर्नुभएपछि आजको यस संगतिको विशेष वक्ता डाक्टर पाष्टर मनोज श्रेष्ठले वचनको जिम्मा लिनु भएको थियो । सबै सहभागी विश्वासीहरूले वचन एकदमै महत्वपूर्ण, आशिषमय र मण्डली वृद्विको निम्ति फलदायी रहेको अनुभव गर्नुभएको थियो ।
वचनको भाग सकिएपछि एनसीसी यूके का सचिव एल्डर देब गुरुङले सूचना साथै नेपालमा यूके बाट शुरुका दिनहरुमा सुसमाचारको काम गर्नुहुने आदरणीय प्रियहरुलाई दोसल्ला र प्रमाण-पत्रद्वारा सम्मान गरिएको थियो साथै बृटिश गोर्खा रेजिमेन्टका गोर्खा मेजर श्रीमान् श्रीमती डिल्ली कुमार राई दुबै जनालाई एनसीसी यूके ले दोसल्लाद्वारा सम्मान गर्नुभयो ।
पूर्व अध्यक्ष पाष्टर लिल गुरुङले केहि समय रोगी बिरामीहरुलाई चङ्गाईको लागि प्रार्थना गरिसकेपछि अन्तमा एनसीसी यूके का अध्यक्ष पाष्टर जेम्स लिङ्देनले अन्तिम आशिषको प्रार्थना गरेर संगतिको अन्त गरिएको थियो ।
संगति पश्चात् खानाको व्यवस्था गरिएको थियो जसमा एल्डर चन्द्र सुनुवारको नेतृत्वमा स्वयंसेवकहरूको उत्साह पूर्णसाथमा एकदमै व्यवस्थित ढङ्गले सम्पन्न भएको थियो । यससंगै संगतिमा सहभागी विश्वासीहरू एक आपसमा भेटघाट गरि आशिष् आदन प्रदान गर्ने साथै एउटा हर्षोउल्लासको माहोल बनाउन यस संगतिले सहयोग गरेको थियो ।
अन्तमा, यस वर्षको संयुक्त संगति परमेश्वरको अनुग्रहमा एकदमै आशिषमय ढङ्ले सम्पन्न भयो ।
एनसीसी यूके मिडिया