Nepali Christian Churches, United Kingdom (NCCUK)
red star
red star
red star
red star
blue-star
blue-star
blue-star
blue-star
Home | News | बर्मिङ्घम शहरमा नेपाली भाषी संगति आरम्भ

बर्मिङ्घम शहरमा नेपाली भाषी संगति आरम्भ

news pic
April 13th 2025

१३ अप्रिल २०२५, आइतबार, बर्मिङ्घम शहरको मध्यभागस्थित क्राइस्ट चर्च, स्पार्कब्रुकमा ऐतिहासिक रुपमा पहिलो पटक नेपाली भाषी संगतिको शुभारम्भ भएको छ।

प्रभु परमेश्वरको असीम अनुग्रह, NCCUK केन्द्रीय समिति, Trustee बोर्डको अगुवाइ, तथा लामो समयदेखि गरिएको प्रार्थनाको उत्तरस्वरूप यो संगति सम्भव भएको हो। प्रारम्भिक संगतिमा बर्मिङ्घम तथा वरपरका विभिन्न स्थानहरूमा बसोबास गरिरहनु भएका नेपाली विद्यार्थी, दाजुभाइ, दिदीबहिनीहरू उत्साहपूर्वक सहभागी हुनुभएको थियो।

🙏 सामूहिक सहभागिता र आशिष

कार्यक्रममा NCCUK का Trustee सदस्यहरू, विभिन्न मण्डलीका अगुवा, पादरीहरूको सहभागिता देखिएको थियो। उहाँहरूबाट आत्मिक अगुवाइ र प्रोत्साहन प्राप्त भयो भने कतिपय मण्डली तथा व्यक्तिहरूले आर्थिक सहायता मार्फत सहयोग गर्नुभएको छ।

NCCUK Trustee Board सम्पूर्ण सहभागीहरू—चाहे प्रार्थना, सेवा, वा आर्थिक सहयोगको माध्यमबाट—उहाँहरूको समर्पण र सहभागिताप्रति हार्दिक आभार प्रकट गर्दछ।

✨ आशिषको शुभकामना

हामी यस कार्यको सुरुवातलाई एक महत्वपूर्ण आत्मिक उपलब्धिको रूपमा लिन्छौं र विश्वास गर्छौं कि परमेश्वरले यस नेपाली भाषी संगतिको माध्यमबाट अझ धेरै आत्माहरूलाई छोउनु हुनेछ।

Gallery
below h2

एनसीसी यूके द्वारा आयोजित वार्षिक संयुक्त संगति सम्पन्न
Previous
२०२५ को बाईबल अध्यान तालिम पुरा
Next