यो बर्स को एनशिशियूके च्यारेटी कप भव्यता क़ा साथ सु-सम्पन्न भएको छ। एनशिशियूके को यो चौथो च्यारेटी कप सोचेको भन्दा धेरै राम्रो र गुणस्तरिय भएको धेरैको अनुभब छ ।
यस् च्यारेटि कप का संयोजक एल्डर देब गुरुङ जिउ ले गर्नु भएको थियो भने उँहा लाइ साथ दिनु हुने एनशिशियूके का सबै ट्रस्टि साथै चारै रिजन का अगूवा जीउहरुको पनि ठूलो भूमिका रहेको थियो ।
विहानीको ९ बाजे एनशिशियूके का अध्यक्ष पास्टर जेम्स लिङ्ग्देन जिउ ले प्राथाना गरेर फूटबल खेल सुरु भएको थियो। तिन फूटबल मैदान बूकिंग गरिएको थियो भने फूटबल रेफ्री हरु सबै फिफा सदस्से थिए । स्वास्थ्य सेवा को लागि २ जना यु के रजिस्टर डाक्टर हुनुहुन्थियो भने धेरै संख्या मा अरु स्वास्थ्य कर्मी हरु पनि राखिएको थियो। यो बर्स १३ टिम हरु फूटबल खेल मा सामेल थिए भने नर्थ रिजन बाट कुनै पनि टिम ले भाग लिनु भएको थिएन।
अन्तिम खेल हुनु भन्दा अगाडी आरधना संगति को ब्यावस्था थियो र साउथ रिजन ले आराधना र स्तुति प्रसंशा मा अगुवाइ गर्नु भएको थियो भने एनशिशियूके का जवान संयोजक एल्डर अनिल थापा जिउ ले पबित्र बचन प्रचार्नु भएको थियो ।
२३/२४ भन्दा बडी खाना कों स्टल हरु थिए र सबै रिजन ले धेरै थरिका बिभिन्न परिकार का खाना हरू आ-आफ्ना स्टलमा राखेर सजिसजाउका साथ खुसी मुद्रामा खाना पस्की राखेको देखिन्थो र धेरै आगन्तुक हरु खुसिहुदै एक अर्कामा हांसो रमाहट का साथ खाना मा एकोहोरो देखिन्थे। खाना को स्टल बाहेक युके मा चाहिने अति आवश्यकता मोर्ट्गेज सेवा सेल्फ एकउंट को सेवा साथै धेरै थरिका लत्ता कपडा भाडा कुडा सबै घरायेसी सामान पनि प्रसस्त मात्र मा राखिएको थियो।
पबित्र बचन को भाग सकिना साथ च्यारीटी कप को अन्तिम खेल एन शि शि शि होंसलो र होसन्ना केन्ट बीच भएको थियो भने अन्त मा एन शि शि शि होंसलो ले यो बर्स को एनशिशियूके च्यारेटी कप चुम्न सफल हुनु भएको छ ।
अन्त मा संयोजक एल्डर देब गुरुङ जिउ ले सबै लाइ धन्यवाद दिदै अध्यक्ष पास्टर जेम्स् लिङ्ग्देन जिउ बाट प्राथना गरि च्यारेटी कप को अन्त गरिएको थियो।
एन शि शि शि होंस्लो लाई बधाई २०२५ को चेरिटी कप चुम्न सफल हुनु भएको मा।
एनशिशियूके मेडिया