NCCUK केन्द्रीय समितिको बार्शिक सभा स्विन्डनको लेग हाउसमा यहि सेप्टेम्बर महिनाको 27-28 का दिन सुसम्पन्न भयो | सभामा NCCUK का सदस्य मन्डलिहरुबाट झण्डै 60 जना अगुवाजनहरुको सहभागिता रहेको थियो| सभाको पहिलो दिन संस्थाका महासचिव पास्टर फिलिप रसाईलीज्युले संस्थाको वार्शिक प्रतिवेदन पेश गर्नु भयो भने संस्थाका कोषाध्यक्ष एल्डर चन्द्र सुनुवारज्युले बार्शिक हिसाबकिताब को बिबरण पेश गर्नु भयो| बिभिन्न क्षेत्रबाट सहभागी हुनु भयका क्षेत्रीय समितिका प्रतिनिधिहरुले आ आफ्नो क्षेत्रमा भैइरहेका सेवाकाईका गतिबिधिहरुको बिषयहरुमा अवगत गराउनु भयो | यसरी नै यन सि सि युके जवान सँगती र आमा सँगतीमा भैरहेका गतिबिधिहरु, समस्याहरु र सुधारका बिषयमा क्रमशः रेभ. एलीना राई र डिकन डेबोरा आङ्देम्बेज्युबाट उपस्थित अगुवाजनहरुलाई अवगत गराउनु भयो | एन सि सि युके उपहार रेडियोको बिषयमा पास्टर तिमोथि तामाङ्ज्युले बताउनु भयको थियो | साँझमा सबै अगुवाजनहरुको माझमा एन सि सि युकेको दर्शन र दर्शन प्राप्तिको लागी चाल्नुपर्ने आवस्यक पाईलाहरुको बिषयमा बृहत् छलफल भयो |
दोस्रोदिन उत्तरि क्षेत्रका क्षेत्रीय अध्यक्ष पास्टर सोबिन परियारको अगुवाईमा बिहानको प्रार्थनासभा द्वारा शुरु भयो| त्यसपछि लगत्तै संस्थाका महासचिव पास्टर फिलिप रसाईलीज्युले आगामी बर्सहुने सेवाकाईहरुको बिषयमा जानकारी गराउनु भयो| ब्रेकफास्ट पछि रेभ. पास्टर अब्राहाम श्रेस्ठज्युले एन सि सि युके लाई अर्को स्तरमा पुर्याउन अगुवाहरुको भुमिकाको बिषयमा पर्मेशोरको बचनबाट स्पस्ट पार्नु भयो भने संस्थाका अध्यक्ष पास्टर लिल गुरुङज्युले मन्डलीलाई बलियो बनाउन अगुवाहरुको जिम्मेवारिको बिषयमा स्पस्ट पार्नु भयो| दिउँसोको खाना पछि फोटोग्राफ लिन पास्टर तिमोथि तामाङ्ज्युले सहायता गर्नु भयो र दिनको रहल समय उपस्थित हुनु भयका बिभिन्न ब्यक्तित्वहरुबाट सल्लाह र सुझाव लिने काम भयो | दोस्रो दिनको सेवाकाई सन्चालन एल्डर मान सुनुवारज्युले गर्नु भयको थियो |
समग्रमा एन सि सि युके केन्द्रीय समितिको बार्शिक सभा 2019, आशिष्मय रहयो | पर्मेशोरको योजना पुरा गर्न हामी प्रतिबध्द भयकाछौ | हाम्रा कम्जोरीहरुले हामीलाई अझ बलियो बनायकोछ| जति पनि आयका सुझावहरु र निर्णय नभयका बिषयहरु केन्द्रीय समितिको आगामी बैठकमा छलफल गरिने निर्णय भयकोछ |
अन्तमा, संस्थाका अध्यक्ष पास्टर लिल गुरुङज्युले उपस्थित हुनु भयका र एन सि सि युके केन्द्रीय समितिको बार्शिक सभा सफल पार्न प्रार्थना र सहयोग गर्नु हुने सम्पुर्ण प्रभुका छोराछोरीहरुलाई धन्यवाद दिनु भयो र प्रार्थना गरी सभा अन्त गर्नु भयो| पर्मेशोरको अनुग्रह हामीहरु सबै सँग रहोस | आमीन |
प्रभुको सेवामा,
पास्टर फिलिप रसाईली
महा सचिव एन सि सि युके