Nepali Christian Churches, United Kingdom (NCCUK)
red star
red star
red star
red star
blue-star
blue-star
blue-star
blue-star
Home | News | NCCUK को दोस्रो दाजु भाइ संगति NCCC होंस्लो मण्डली मा सुसम्पन्न भयो

NCCUK को दोस्रो दाजु भाइ संगति NCCC होंस्लो मण्डली मा सुसम्पन्न भयो

news pic
18/03/2023

१८ मार्च २०२३ लन्डन, NCCUK को दोस्रो पटक दाजु भाइ संगति NCCC होंस्लो मण्डली मा सुसम्पन्न भयो, दाजु भाइ संगती को संचालक पास्टर माइकल सुब्बा जिउ हुनहुन्थ्यो, कोइरमा जवान आयुब तुलाधर जिउ ले अगुवाई  गर्नु भएको थियो भने प्रमेस्वोर को बचन पास्टर लक्ष्मी लिम्बु जिउ ले प्रचार गर्नु भएको थिय।  

NCCUK को यो दाजु भाइ संगती दोस्रो पटक भयेता पनि पहिलो पटक भने जूम मा नै गरिएको कारण धेरै ले बास्तबिक्ता दाजु भाइ संगती को अनुभब तेती नभएको पनि एक अर्का मा कुराकानी गर्दै रहेका थिए।  

UK मा २६ वोटा मण्डली मिलेर NCCUK Strenght of Unity भन्ने नारा का साथ अगाडी बडेता पनि यो वर्ष को दाजु भाइ संगती सोचे जति सबै मण्डली बाट आउन सक्नु भएको थिएन र येही कुरा लाइ ख्याल राखेर दाजु भाइ संगती को संयोजक पास्टर माइकल सुब्बा जिउ संग को जिज्ञाशा मा सबै मण्डली लाइ बेलैमा सूचना प्रबहा गरेकै हो तर पनि आउन सक्नु भएन सायेद आफ्नो मण्डली को ब्यास्तता हुन सक्छ र अब अर्को वर्ष को लागि हामी बेलैमा सूचना र सबै मण्डली को अगुवा हरु लाई हरेक मिटिंग मा घच्घचाउने छौ भनि आशा बढाउनु भएको छ।  

संगती ठिक १२ बजे सुरु भएको थियो भने २ बजे आशिस को प्राथना NCCUK Cahirman पास्टर फिलिप रसाइली जिउले गरेर संगती को अन्त गरिएको थियो।  उता संगति सकिने बित्तिकै दिदि बहिनि हरुले आफ्नो आफ्नो घर बाट स्वादिस्ट धेरै किसिम को परिकार हरु बनाएर दाजु भाइ हरु लाई खाना खाने हल मा पर्खि राख्नु भएको थियो । तेती मात्र होइन उँहा हरु ले दाजु भाइ हरुलाई खाना थप्न जान अफ्ठेरो नहोस भन्न को खातिर बसेकै ठाउमा लगेर सबै लाइ थप्दै खुसि तुलाउनु भएको थियो।  र म पनि खाना को परिकार देखेको कारण केमेरा कतै झुन्डाएर खाना मा नै अगाडी बढें,र अन्त मा सबै ले अर्को वर्ष अझै धेरै संख्या मा भेट्ने आशा राख्दै ४ बजे बिदा भए।  

अन्त मा स्वादिस्ट खाना बनाएर ब्याबस्थापन गर्नु हुने सबै दिदीबहिनी हरुलाई पनि धेरै धेरै धन्नेबाद 

NCCUK Media Team

NCCC फेल्थाम मण्डलीले पन्द्रौं बार्सिकी खुसियाली साथ् मनाउदै
Previous
दोस्रो NCCUK Charity Cup ब्याबस्थापन टोलि को पहिलो मिटिङ्ग 2023
Next