भजनसंग्रह १३३:१ अनुसार दाजु भाई एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ; साथै मत्ती १८:२० किनकि जहाँ दुइ कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरुको माझमा हुनेछु।
२७ मे २०२३, एनसीसी यूके ले सदा झैं आफ्नो बृहत बार्षिक भेला संगति अक्सफोर्ड यूके मा गर्न सफल भएको छ, संगति संचालक स-कोषाध्यक्ष एल्डर देब गुरुङ ले गर्नुभएको थियो, जसमा शुरुको प्रार्थना कोषाध्यक्ष टंक राईले गरेर संगतिको सुरुवात गर्नुभएको थियो । स्तुति आराधानमा सचिब एल्डर डेबोरा आन्ग्देम्बेले डोर्याउनु भएको थियो भने अध्यक्ष पाष्टर फिलिप रसाइलीले पबित्र बचनबाट प्रचार गर्नु भएको थियो।
यूके भरि छरिएर बस्नु भएका चारै क्षेत्रबाट झण्डै ६५० जनाको संख्या भन्दा बढी विश्वासीहरुको उपस्थिति थियो, चर्च भवनभरि खचाखच भरिएका देखिन्थियो । १००० भन्दा बढी संख्या अटाउने सक्ने हल एनसीसी यूके व्यवस्थापन टोलिले तयार पार्नुभएको थियो । नेपाली मुलका विश्वासी मात्र नभएर केहि विदेशी मूलका विस्वासीको पनि भेला भएको थियो साथै केहि विस्वासमा नरहेको नेपाली मूलका दाजुभाइहरुको पनि उपस्थिति देखिन्थ्यो।
११ बजे देखि सुरु गरिएको संगति २ बजे सम्म भएको थियो, बचनको भाग सकिने बित्तिकै भुतपूर्ब अध्यक्ष पाष्टर लक्ष्मी लिम्बुले सबै रोगि बिरामीहरुलाई अगाडी बोलाएर चंगाईको काम गर्नु भएको थियो । सचिब एल्डर डेबोरा अन्ग्देम्बेले सूचना साथै आफ्नो क्षेत्रमा रहेर यो वृहत संगतिलाई मद्दत पुर्याउनु हुने सबैलाइ धन्यबाद दिनुभयो र अन्तमा पास्टर माइकल सुब्बाले आशिषको प्रार्थना गरेर संगतिको अन्त गरिएको थियो।
उता संगति सकिने बित्तिकै शारीरिक भोजनको लागि सबै बाहिर लाइन बसेका थिए लामो लाइन भएता पनि धैर्यवान देखिन्थे, खानाको ब्याबस्थापन केम्बर्लीबाट उपाध्यक्ष पाष्टर जेम्स लिंङ्देनले गर्नु भएको थियो, यता सबै कुर्सी, मेच सरसफाई व्यवस्थापन स्थानिय मण्डलीका एल्डरहरू चन्द्र सुनुवार र टंक राईले जिम्मा लिनु भएको थियो तर पनि सबैले हातमा हात मिलाएर काम पुरा गरिएको थियो र २०२३ को संयुक्त संगतिलाई सम्पन्न गरिएको थियो।
एनसीसीयूके मिडिया टिमको तर्फबाट पनि सबै व्यवस्थापन टोलीलाई धेरै धन्यवाद ।
एनसीसीयूके मिडिया