Nepali Christian Churches, United Kingdom (NCCUK)
red star
red star
red star
red star
blue-star
blue-star
blue-star
blue-star
Home | News | स्वर्गीय सुमित्रा थापाको अन्त्येष्टि कार्यक्रम

स्वर्गीय सुमित्रा थापाको अन्त्येष्टि कार्यक्रम

news pic
२१ अप्रिल सुक्रबार

लन्डन युके, NCCC होंस्लो मण्डलीका आमा स्वर्गीय सुमित्रा थापाको अन्तिम संस्कार कार्यक्रम आफ्नै मण्डलीमा गरिएको छ । जसरी एल्डर अनिल जंग थापाको संचालन थियो भने मण्डलीका पास्टर माइकल सुब्बाले अन्त्येष्टि कार्यक्रमको बचन साथै बिधि बिधान हरु सबै सुरु देखि अन्त सम्म उहाँले नै गर्नु भएको थियो साथै एल्डर हंश संयोकले स्वर्गीय आमा सुमित्रा थापाको जीवन गवाही दिनु भएको थियो।  

एल्डर हंस संयोकद्वारा भनिएको स्वर्गीय आमा सुमित्रा थापाको जीवन गवाही, आज भन्दा ५ वर्ष अगाडी नै डाक्टरहरुको सल्लाह अनुसार कुनै पनि समय स्वर्गीय आमाको जे पनि हुन सक्ने तेसैले सोर्गिये आमा सुमित्रा लाइ ख्याल राखी राख्नु पर्ने सल्ला दिएको थियो तर सोर्गिये सुमित्रा थापा आमाको प्रार्थना र परमेश्वरमा आज्ञाकारी भएको कारणले उहाँलाई ५ वर्ष उमेर थपेको कुरा पनि पुलपिट बाट भन्नुभयो। उहाँको स्वास्थ्य त्यती राम्रो नभएता पनि सबै परिवारलाई डोर्याउने काम र धेरै सन्तानको आमा र धेरै नाता-नातिनी साथै पनातिनी पनि देख्नु भएको र उहाँको धेरै अरु आश्चर्यकर्म पनि भएको कुरा सुनाउनु भएको थियो र अन्तमा आफ्नो दौड पुरा गरेर प्रभुमा जानु भएको कुरा बताउनु भएको थियो ।   

बचन प्रचार्दै गर्दा पास्टर माइकल सुब्बाले जसरि उपदेशक ३:२ अनुसार सबै को समय अनुसार भएको र जन्मने र मर्ने आफ्नै समय छ अनि हामी पनि येही बाटो भएर जानु पर्ने र सोर्गिये सुमित्रा थापा आमा लाइ हामी एक दिन भेट्ने कुरा पनि बताउनु भयो र सोर्गिये सुमित्रा थापा आमा लाइ भेट्न को लागि प्रभुमा पहिला सुइकार गर्नु पर्ने कुरा पनि पुल्पिट बाटा नै बताउनु भयो।  

धेरै आफन्त हरु को उपस्थिति थियो साथै NCCUK ट्रस्टि सदस्य एल्डर देब गुरुङ NCCUK को प्रतिनिधित्व गरेर फुलको गुच्छा चढाउनु भएको थियो भने सबै आ-आफ्नो मण्डलीको प्रतिनिधित्व गरेर  विश्वासीहरुको उपस्थिति थियो।   

छोरा केशब थापाले व्यस्तता को बाबजुद पनि यो अन्त्येष्टि कार्यक्रममा आएर हाम्रो परिवारलाई सान्त्वना दिनुहुने सबै पाहुनाहरु अनि मण्डलीका पास्टर अगुवा, विश्वासीहरु साथै व्यक्तिगत, सामुहिक सबै क्षेत्रबाट सहायता पुर्याउनु हुने सबैलाई परिवार को तर्फ धन्यबाद दिनु भएको थियो।  

Grave yard बाट फर्केर मण्डली मा चिया पानी को ब्याबस्था मिलाएको थियो र अन्तमा सबैले परिवारलाई सान्त्वना दिएर आफ्नो घर तर्फ लागेका थिए। 

NCCUK Media Team

NCCUK लन्डन जवान छेत्रीय संगति
Previous
एनसीसी यूके वार्षिक वृहत संगति भेला अक्सफोर्ड यूके मा आशिषितका साथ सु-सम्पन्न
Next