Nepali Christian Churches, United Kingdom (NCCUK)
red star
red star
red star
red star
blue-star
blue-star
blue-star
blue-star
Home | News | लण्डन क्षेत्रीय युवा संगति २०२४

लण्डन क्षेत्रीय युवा संगति २०२४

news pic
10/02/2024

यहि मिति फेब्रुअरी १० तारिख २०२४ शनिबारको दिन एनसीसी यूके क्षेत्रीय संयुक्त युवा संगति सम्पन्न भएको थियो । उक्त संगति प्लमस्टेड नेपाली मण्डली यूके मा दिउँसोको ३ बजे देखि ६ सम्म भएको थियो ।

संगतिको संचालक सुनिता गलामी र सुनु घर्ति ले गर्नुभएको थियो । उक्त संगतिमा भजन, कोरस, स्तुति प्रशंसा PNC क्वाएरद्वारा आराधनामा अगुवाई गर्नुभएको थियो । अगुवा रूबेन घलानबाट "Habits of Heart" शिर्षकमा परमेश्वरको वचन दिनुभएको थियो।

संगतिमा गवाही, गीत, नृत्य मा विभिन्न ६ मण्डली समावेश भएको थियो । 

अन्त्यमा क्षेत्रीय संयोजक बिशाल थापाबाट धन्यवाद र अन्तिम प्रार्थना गर्नुभएको थियो र संगतिपछि खानाको बन्दोबस्त गरिएको थियो ।

'ममा रहो, र म तिमीहरूमा रहन्‍छु। जसरी हाँगा दाखको बोटमा रहेन भने त्‍यो आफैले फल फलाउन सक्‍दैन, त्‍यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्‍दैनौ। यूहन्‍ना १५:४

एनसीसी यूके

Gallery
below h2

सम्झनामा डा. बि. डी राई
Previous
अ-समयको तटमा सुतेकाहरूलाई प्रश्न
Next