यहि मिति मार्च ४ तारिक सनिबारको दिन NCCUK North Region को संगयुक्त युवा संगति समपन्न भएको थियो । उक्त संगति Aston मण्डली Saint James Church बिहान को ११ बजे देखि दिउसोको ३:३० सम्म भएको थियो ।
संगतिको संचालक Edna Rai ज्युले गर्नु भएको थियो । उक्त संगतिमा भजन कोरस, स्तुति प्रसंसा द्वारा प्रभुको आराधना गरिएको थियो साथै Deep Maharjan ज्युले परमेश्वरको वचन दिनु भएको थियो। संगति को विषयवस्तु व्यवस्था ३१:६ “बलिया र साहसी होओ! यिनीहरूसित नडराओ र त्रासित नहोओ! किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूसँग जानुहुन्छ। उहाँले तिमीहरूलाई कहिल्यै छोड्नुहुनेछैन न त त्याग्नुहुनेछ।” राखिएको थियो ।
यस्तै बिभिन्न कार्यक्रम जस्तै bible quiz , musical chair बाट युवाहरू हर्षित भएका थिए ।
NCCUK North Region को संगयुक्त युवा संगति हरेक ३-४ महिना मा गर्ने गरिन्छ ।
NCCUK Media Team