यहि मिति फेब्रुअरी २५ तारिक २०२३ सनिबारको दिन NCCUK South-West Region को संगयुक्त संगति समपन्न भएको थियो । उक्त संगति online Zoom मार्फत भएको थियो ।
संगतिको संचालक Yahweh मण्डलीका ज्याक थापाले ज्युले गर्नु भएको थियो । महिमा मण्डलीका पास्टर ज्ञानसिंह गुरुङज्युबाट सुरुको प्रार्थना गरि संगति सुरुवात गरिएको थियो । Aldershot मण्डलीका डीकन सुदर्शन रत्न ज्युको अगुवाई र NCCA का Choir group द्वारा स्तुति प्रसंसामा अगुवाई गर्नु भएको थियो ।
त्येसैगरी Swindon मण्डली एल्डर फिलिप राई ज्युबाट वचनको लागी प्राथना गर्नु भएको थियो । USA बाट Word and Life मण्डलीका पास्टर बिनय भण्डारी ज्युले परमेश्वरको वचन दिनु भएको थियो । संगति Online Zoom मार्फत भएपनि धेरै मानिसहरुको उपस्थिति रहेको थियो र बचन बाट धेरैजना अशिषित भाएको प्रतिक्रिया प्राप्त भएको थियो ।
अन्तिममा Yahweh मण्डलीका एल्डर जोसेफ राई ज्युबाट प्रार्थना गरि संगति समापन भएको थियो ।
NCCUK Media Team